संसद विघटनविरुद्ध कांग्रेसले पुस १३ गते देशैभर आन्दोलन गर्ने


प्रकाशित मिति : पुस ९, २०७७ बिहीबार

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनविरुद्ध पुस १३ गते देशैभर आन्दोलन गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार दिउँसो बसेको केन्द्रीय कार्यसमितिको बैठकले पुस १३ गते देशभरका एक सय ६५ संघीय निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन गर्न घोषणा गरेकी थिइन् । सरकारको उक्त कदम असंवैधानिक एवंम अलोकतान्त्रिक भएको निष्कर्षसहित कांग्रेसले विरोध प्रदर्शन गर्न लागेको हो ।

यस्तै नेकपाको अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटीको बैठकले पनि विघटनको विरोधमा पुस १४ गते देशभर प्रदर्शन गर्ने निर्णय गरेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com