प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड-माधव समूहले पुस १४ गते देशभर प्रदर्शन गर्ने


प्रकाशित मिति : पुस ९, २०७७ बिहीबार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले संसद विघटनविरुद्ध आन्दोलनको घोषणा गरेको छ । बिहीबार बबहरमलस्थित काकीं ब्यांक्‍वेटमा जारी अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटीको बैठकले प्रतिनिधिसभा विघटनको विरोधमा पुस १४ गते देशभर प्रदर्शन गर्ने निर्णय गरेको हो ।

प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा आन्दोलनका लागि २ हजार ५ सय १ जनाको परिचालन कमिटीसमेत गठन गर्ने निर्णय भएको छ । बैठकले संघर्षका कार्यक्रम अन्तर्गत भोलि शुक्रवार साढे ९ बजे माइतीघरमा विरोध प्रदर्शन गर्ने र निर्वाचन आयोगमा दलको आधिकारिकताका घेराउ गर्न जाने रणनीति बनाएको छ। २ बजे भने पत्रकार सम्मेलन गर्ने निर्णय गरेको छ ।

यस्तै, बैठकले ११ गते ७ प्रदेशका प्रदेश कमिटी बैठक सम्बन्धित प्रदेशमै गर्ने र १२ गते ७७ जिल्लामा जिल्लास्तरीय भेला निर्णय भएको छ । पुस १४ गते देशभर प्रदर्शन गर्ने, २० गते नगरभेला र २५ गते सम्म वडास्तरका भेला र जिल्ला कमिटीबाट थप आन्दोलनका कार्यक्रम गर्ने निर्णय गरेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com