क-कसले अस्वीकार गरे ओली समूहको केन्द्रीय सदस्य ? (नामसहित)


प्रकाशित मिति : पुस ९, २०७७ बिहीबार

प्रधानमन्त्री केपी शर्मा ओलीले विस्तार गरेको केन्द्रीय कमिटीमा बस्‍न अस्वीकार गर्ने नेताहरुको संख्या बढ्दै गइरहेको छ । बिहिबार बिहानसम्म २१ जनाले केन्द्रीय कमिटीमा बस्‍न अस्वीकार गरेका छन् ।

ओली समूहमा बस्‍न अस्वीकार गर्ने नेताहरुमा डम्बरध्वज तुम्बाहाम्फे (ताप्लेजुङ), गोपाल बुढाथोकी (झापा), जसमाया गजमेर (प्रदेश १ -सामाजिक विकास राज्यमन्त्री), सुन्दर विक (नेकपा बारा जिल्ला सचिव), कमलेश झा (नेकपा प्रदेश २ सदस्य), भगवती भण्डारी (लुम्बिनी प्रदेश सदस्य), वृहस्पति अधिकारी (नवलपरासी), जागेश्वरीदेवी चौधरी (तिलोत्तमा नगरपालिका उपप्रमुख), अमरबहादुर डाँगी ( प्रदेशसभा सदस्य), टीकाराम खड्का (दाङ अध्यक्ष), नेत्र पन्थी (रुपन्देही), नन्दकिशोर ढकाल (रुपन्देही), देवी बस्याल (पाल्पा), अशोक शाही (पाल्पा), कमल श्रेष्ठ (पाल्पा), यज्ञ बोगटी (अछाम), कल्याणी चौधरी (बारा, प्रदेश सदस्य), भैरे कामी (अछाम), राम दंगाल (सचिव जिल्ला कमिटि खोटाङ), गगन विष्ट (गुल्मी), उषाकला राई (प्रदेश सभा १ सदस्य) रहेका छन् ।

मंगलबार ओलीले आफ्नो समूहलाई बहुमत दिलाउनको लागि ५५६ जना केन्द्रीय सदस्य थपेका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com