अमेरिकाका स्थानीय सरकारसँग सम्बन्ध स्थापित गर्न नरेन्द्र थापाको संयोजकत्वमा फिप्नाको विभाग


प्रकाशित मिति : पुस ८, २०७७ बुधबार

नेपाल आदिवासी जनजाती महासंघ अमेरिका फिप्ना ले अमेरिकाको स्थानीय सरकारी गैरसरकारी निकाय र ति निकाय हरुको पदाधिकारी, प्रतिनिधि तथा कर्मचारीहरुसंग सस्थागत सम्बन्ध स्थापित गर्नको लागि विभागको गठन गरेको छ । उक्त विभागको नाम समुदाय र स्थानीय सरकार सम्बन्ध विभाग रहेको छ ।

फिप्नाका महासचिव नरेन्द्र थापाको संयोजकत्वमा गठित उक्त विभागमा सह संयोजक छेवाङ तामाङ, सदस्य सचिव दीपेन्द्र लामा , कार्यक्रम संयोजक आरती राना मगर साथै सदस्यहरू छिरिङ राप्के लामा , विजय गुरूङ र सुमन थाम्सुहाङ रहनुभएको छ।

फिप्ना एक गैरसरकारी तथा गैर राजनितिक संस्था भएको हुनाले सो संस्थाको उदेश्य भित्र रही फिप्नाले स्थानिय निकायहरूसंग समन्वय गरी विभिन्न मानविय तथा सामाजिक विकास , समुदाय परिचालन, मानवाधिकार, सिपमूलक तालिम , रोजगारीको अवसर , साथै आप्रवासीहरूको क्षेत्रमा समेत काम गर्दै स्थानिय तथा संघिय सरकारसंग सहकार्य गर्ने उदेश्यले यो विभाग गठन गरीएको फिप्नाका अध्यक्ष लोक चेम्जोङले बताउनुभयो ।

साथै उक्त बैठक द्वारा फिप्नाको संघिय परिषदको बैठक आगामी जनवरी १६ का दिन गर्ने निर्णय गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com