अमेरिकाले फाइजरका थप १ सय मिलियन डोज भ्याक्सिन किन्ने सहमति, जुनसम्म सबैलाई भ्याक्सिन


प्रकाशित मिति : पुस ८, २०७७ बुधबार

ट्रम्प प्रशासनले कोरोनाबिरुद्धको फाइजर भ्याक्सिनका थप एकसय मिलियन डोज किन्ने सहमति गरेको छ । फाइजरले अब आगामी जुन ३० सम्म ७० मिलियन थप डोजहरु आपूर्ति गर्ने भएको छ । बाँकी डोजहरु जुलाईमा प्रदान गर्ने डिपार्टमेन्ट अफ हेल्थ एण्ड ह्युमन सर्भिसेजले जनाएको छ ।

अमेरिकी सरकारले थप डोजका लागि १ दशमलव ९५ बिलियन डलर तिर्ने सहमति भएको फाइजरले जनाएको छ । फाइजरले जर्मन कम्पनी बायोएनटेकसँग मिलेर भ्याक्सिन उत्पादन गरिरहेको छ । नयाँ सहमतिले जुनसम्म भ्याक्सिन लिन चाहने हरेक अमेरिकनका लागि प्रयाप्त भ्याक्सिन प्राप्त गर्न बाटो खुलेको छ ।

अब अमेरिकाले फाइजर र मोडेर्नाका ४ सय मिलियन भ्याक्सिन प्राप्त गर्ने सहमति भइसकेको छ । डिपार्टमेन्ट अफ हेल्थ एण्ड ह्युमन सर्भिसेजका अनुशार अमेरिकी सरकारसँग थप ४ सय मिलियन भ्याक्सिनका डोजहरु किन्नसक्ने विकल्प समेत रहेको छ । एफडीएले मोडेर्ना र फाइजरको भ्याक्सिनलाई प्रयोगका लागि स्वीकृति दिएपछि अमेरिकामा अहिले धमाधम वितरण भइरहेको छ ।

नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनदेखि अमेरिकी उपराष्ट्रपति माइक पेन्ससम्मले भ्याक्सिन लगाइसकेका छन् । पहिलो चरणको पहिलो उपचरणमा फ्रन्टलाइनर स्वास्थ्यकर्मी र दीर्घकालिन हेरचाह केन्द्रमा रहेकाहरुलाई भ्याक्सिन वितरण भइरहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दोश्रो उपचरणमा भ्याक्सिन पाउनेहरुमा ७५ बर्ष र त्योभन्दा माथिका व्यक्ति तथा अग्रपंक्तिमा खटिने अत्यावश्यक कामदार रहेका छन् । त्यस्तै पहिलो चरणको तेश्रो उपचारणमा ६५ देखि ७५ बर्षसम्मकालाई भ्याक्सिन दिइने भएको छ । त्यस्तै १६ देखि ६४ बर्षसम्मका स्वास्थ्य समस्या भएकाहरु र अन्य अत्यावश्यक कामदारहरुलाई यो उपचरणमा राखिएको छ ।

अबको चरणमा भ्याक्सिन पाउनेहरु प्रहरी, अग्नीनियन्त्रक, शिक्षक, ग्रोसरी स्टोरमा काम गर्नेहरु, खाद्य र कृषि कामदारहरु, उत्पादन कामदारहरु, जेलमा काम गर्नेहरु, हुलाकमा काम गर्नेहरु र सार्वजनिक यातायातमा काम गर्नेहरु हुनेछन् । यो संख्या अमेरिकामा झण्डै ३० मिलियन रहेको छ ।

त्यसपछिको चरणमा भ्याक्सिन पाउनेहरुमा जनस्वास्थ्य कामदारहरु, यातायात र लजिस्टिकमा काम गर्नेहरु, खाद्य सेवामा काम गर्नेहरु, निर्माणमा काम गर्नेहरु, बित्त क्षेत्रमा काम गर्नेहरु, आईटी र संचारमा काम गर्नेहरु, उर्जामा काम गर्नेहरु, मिडियामा काम गर्नेहरु, कानुनी क्षेत्रमा काम गर्नेहरु, सार्वजनिक सुरक्षा इन्जिनियरहरु, पानीका क्षेत्रमा काम गर्नेहरु हुनेछन् ।

यो चरणमा भ्याक्सिन पाउने स्वास्थ्य समस्या भएकाहरुमा मोटोपन भएकाहरु, दोश्रो प्रकारको मधुमेह भएकाहरु, दीर्घकालिन पल्मोनरी रोग भएकाहरु, मुटु र मृगौलाका रोगीहरु, अंग प्रत्यारोपण गरेकाहरु, गर्भवती र धुमपानका अम्मलीहरु पर्नेछन् । यो संख्या अमेरिकामा झण्डै ५७ मिलियन रहेको छ ।

पहिलो चरणको दोश्रो उपचरण फरबरीभन्दा अगाडि भने सुरु हुने अपेक्षा गरिएको छैन । अमेरिकाले डिसेम्बरभरमा २० मिलियन, जनवरीमा ६० मिलियन र फरबरीमा १०० मिलियन भ्याक्सिनका डोज पाउने भएको छ । जुन डोजहरु ९० मिलियन जनसंख्यालाई पूर्णरुपमा भ्याक्सिन लगायन प्रयाप्त हुनेछ ।

 

 

 

 

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com