दक्षिण कोरियामा जन्मदर १४ प्रतिशत घट्यो


प्रकाशित मिति : पुस ८, २०७७ बुधबार

दक्षिण कोरियामा जन्मदरमा कमी आएको समाचारमा जनाइएको छ । दक्षिण कोरियामा गत वर्षको तुलनामा यसवर्ष जन्मदरमा कमी आएको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जनाएका छन् ।

अधिकारीहरुले गत वर्षको तुलनामा यसवर्ष कम्तीमा पनि १४ प्रतिशतले यहाँको जन्मदरमा कमी आएको बताइएका हुन् । यस वर्षको अक्टोबरमा २१ हजार ९ सय ३४ जना बालबालिका जन्मिएका हुन् । ती अधिकारीहरुका अनुसार यो संख्या यसै महिनाको अघिल्लो वर्षको तुलनामा कम्तीमा पनि १४.४ प्रतिशत हुन आउँछ ।

यो जन्मदर दक्षिण कोरियामा सन् १९८१ देखि सुरु गरिएको यससम्बन्धी तथ्याङ्ककै सबैभन्दा कम रहेको स्टाटिस्टिक्स कोरियाले जनाएको छ । दक्षिण कोरियामा युवतीहरुले उमेर धेरै भएपछि मात्र विवाह गर्ने प्रचलन बसेको छ । जसका कारण यहाँको जन्मदरमा कमी आएको पाइएको हो ।

सो महिना अर्थात् अक्टोबरमा पनि विवाह गर्ने महिलाको संख्यमा कमी आएको देखिएको छ । यसै वर्षको अक्टोबरमा पहिलो वर्षको सो महिनाको तुलनामा १९ प्रतिशत भन्दा कमले विवाह गरेका पनि सो तथ्याङ्कमा पाइएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com