नेपालमा थप ७४३ जनामा कोरोना संक्रमण, ५ को मृत्यु
प्रकाशित मिति : पुस ८, २०७७ बुधबार

नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ७ सय ४३ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५५ हजार ९७९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ९५२ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ४६ हजार ६६१संक्रमणमुक्त भएका छन् । आज कोरोनाबाट थप ५ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८०३ पुगेको छ ।
नेपालमा हाल संक्रिय संक्रमितको संख्या ७ हजार ५१५ रहेको छ ।