ओली समूहले आज सातै प्रदेशमा प्रशिक्षण दिने


प्रकाशित मिति : पुस ८, २०७७ बुधबार

नेकपाको केपी शर्मा ओली समूहले नयाँ केन्द्रीय सदस्यहरूलाई आज प्रशिक्षण दिने भएको छ । ओलीले मंगलबार एकलौटी ढंगले नियुक्त गरेका नयाँ केन्द्रीय सदस्यहरू तथा कार्यकर्तालाई आज सातै प्रदेशमा प्रशिक्षण गर्न लागेको हो । प्रशिक्षण कार्यक्रम सञ्चालनका लागि सातै प्रदेशमा नेताहरुलाई जिम्मेवारी तोकिएको छ ।

ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार प्रदेश नं १ मा सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणिचन्द्र थापा र डा. शिवमाया तुम्बाहाम्फेलाई खटाइएको छ । प्रदेश २ मा ईश्वर पोखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महतोलाई जिम्मेवारी तोकिएको छ भने वागमती प्रदेशमा ईश्वर पोखरेल, टोपबहादुर रायमाझी र पद्मा अर्याललाई खटाइएको छ ।

यस्तै, गण्डकी प्रदेशमा टोपबहादुर रायमाझी, पृथ्वी सुब्बा गुरूङ, किरण गुरूङ र सीता पौडेल छन् भने लुम्बिनी प्रदेश– विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, मणिचन्द्र थापा र गोमा देवकोटालाई जिम्मेवारी दिइएको छ ।

कर्णाली प्रदेशमा शंकर पोखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्यले नेतृत्व गर्ने छन् भने सुदूरपश्चिम प्रदेशमा लेखराज भट्ट, प्रदीप ज्ञवाली, कर्णबहादुर थापा र डा. विन्दा पाण्डेलाई जिम्मा दिइएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com