माधव नेपाल बने नेकपाको नयाँ अध्यक्ष, प्रचण्डले दिए बधाई


प्रकाशित मिति : पुस ७, २०७७ मंगलबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नयाँ अध्यक्षमा माधवकुमार नेपाल चयन भएका छन् । बबरमहलस्थित कार्की ब्याङक्वेटमा भएको प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेता झलनाथ खनालको प्रस्तावमा नेपाललाई सर्वसम्मतले अध्यक्ष चयन गरिएको प्रवक्ता नारायण काजी श्रेष्ठ प्रकाशले जानकारी दिए।

यस्तै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नयाँ अध्यक्ष माधव कुमार नेपाललाई बधाई दिएका छन् । मंगलबार बसेको नेकपाको केन्द्रीय समिति बैठकले नेपाललाई अध्यक्षमा चयन गरेसँगै प्रचण्डले पार्टीका अर्का अध्यक्ष नेपाललाई बधाइसँगै सफल कार्यकालको शुभकामना दिएका हुन् ।

यसैबीच अर्को बैठक पुस ९ गतेका लागि तय भएको छ । बैठक ११ बजे कार्की ब्यांकेटमै बस्नेछ ।

आजको बैठकमा ४४७ मध्ये ३१५ जना केन्द्रीय सदस्य सहभागी रहेको प्रवक्ताले बताए ।  प्रचण्ड- माधव समूहको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाउने निर्णय अनुमोदन गरेको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस्तै, भोलि दिउँसो १ बजे संंसद भवन नयाँ बानेश्वरमा संसदीय दलको बैठक समेत बोलाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com