२३ कार्तिक २०८३, सोमबार| Monday, November 9, 2026
कोभिड १९ अपडेट

नेपालमा थप ७२२ जनामा कोरोना संक्रमण, ३ को मृत्यु

नेपालमा कोरोना महामारी दर्शाउने अतिस महतको स्केच ।

नेपालमा थप ७ सय २२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ७ सय २२ जनामा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५५ हजार २३६ पुगेको छ भने संक्रिय संक्रमितको संख्या ७ हजार ७२९ रहेको छ ।

पछिल्लो २४ घण्टामा ९६६ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ४५ हजार ७०९ स‌ंक्रमणमुक्त भएका छन् ।

यस्तै नेपालमा कोरोनाबाट थप ३ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७९८ पुगेको छ ।