जापानमा कमाएको ७१ लाख लिएर श्रीमान् फरार, न्याय खोज्दै श्रीमती प्रहरी कार्यालयमा


प्रकाशित मिति : पुस ७, २०७७ मंगलबार

विदेशको कमाइ कुम्ल्याएर श्रीमान् बेपत्ता भएको भन्दै बागलुङकी एक महिलाले श्रीमानको खोजी गरिदिन आग्रह गरेकी छन्। बागलुङको जैमिनी नगरपालिका-१ कुश्मीशेराकी सरिता सुवेदी पौडेलले पति प्रेम पौडेलको खोजी गरिदिन सरोकारवालाहरु आग्रह गरेकी हुन्। जापानमा आफूसहित भएर कमाएको ७१ लाख रुपैयाँ लिएर पति बेपत्ता भएको सरिताको भनाई छ।

उनले पतिको खोजी गरिदिन माग गर्दै जिल्ला प्रहरी कार्यालय बागलुङ र आप्रवासी स्रोत केन्द्र बागलुङमा आग्रह गरेकी छन्। उनी तीन वर्ष पहिले पतिसँग ‘डिपेन्डेण्ट’ (आश्रित) भिसामा जापान गएकी थिइन्। दुई वर्षसम्म कमाएको ७१ लाख नगद लिएर श्रीमान् फरार भएको भन्दै उनले प्रहरीमा निवेदन दिएकी छन्।

विसं २०७१ मा विद्यार्थी भिसामा जापान पुगेका प्रेमले तीन वर्ष पहिला सरीतालाई डिपेन्डेण्ट भिसामा जापान लगेका थिए।

बागलुङ नगरपालिका–१४ नारायणस्थान माइतीघर भएकी सरीता र प्रेमबीच विसं २०६७ मा परम्परागत विवाह भएको थियो। ‘जापान पुगेपछि दुई वर्षको भिसा लगाइदिनुभयो, काम पनि थालेँ, तर कमाइ मैले राख्न पाइनँ’, उनले भनिन्, ‘कुटपिट गरेर सबै पैसा लगेपछि म शरणार्थी बन्नुपर्यो।’ उनले जापान पुगेदेखि नै सम्बन्ध राम्रो नभएको बताइन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आफूले सम्बन्ध सुधार गर्न खोजे पनि श्रीमान् फरार भएपछि सम्भव नभएको उनको भनाई छ। लामो समयसम्म सम्बन्धमा दरार आएपछि उनीहरु एनआरएनए जापान र बलेवा सेवा समाजको पहलमा नजिकिएका थिए। भिसा सकिएपछि डिपेन्डेण्टमा जापान पुगेकालाई सहमति आवश्यक पर्छ।

श्रीमानले सहमति नदिएपछि एक वर्षसम्म शरणार्थीका रूपमा आफन्तकोमा बस्नुपरेको सुवेदीको भनाई छ। ‘पछि छलफल भएर सँगै नेपाल फर्किने, सँगै बस्ने र फर्किँदा भिसाको प्रक्रिया गर्ने भनेपछि नेपाल आयौँ। नेपाल आएपछि काठमाडौँमा दुई दिन र बागलुङमा १२ दिन क्वारेन्टिइन बसेर उहाँ फरार हुनुभयो,’ उनले भनिन्, ‘होटलमा क्वारेन्टिनका फरक–फरक कोठा थिए, मङ्सिरको २३ गतेदेखि सम्पर्क छैन।’

उनीहरु १३ मंसिरमा नेपाल आएका हुन्। सँगै आएका श्रीमान् र कमाएको पैसासमेत नरहेकाले आफू बेसहारा भएको सरिताले बताइन्।

उनीहरुका आठ वर्षीय एक छोरा छन्। ‘पहिले देवरसँग घरमा रहेको छोरा अहिले माइतीमा राखेकी छु,’ उनले भनिन्। सुवेदीले निवेदन दिएपछि ७७ वटै जिल्ला प्रहरी कार्यालय र त्रिभुवन विमानस्थलमा समेत प्रहरीले फरार भएका उनका श्रीमानको हुलिया पठाएको छ।

‘हामीले खोजी थालेका छौँ, तर केही पत्ता लागेको छैन’, प्रहरी निरीक्षक विजय भण्डारीले भने, ‘हाम्रो ‘इन्क्वायरी’ भन्दा उनी पहिलै देशभन्दा बाहिर पुगेको पनि हुनसक्छ,।’

यता परिवारका सदस्यले भने प्रेम र सरीताबीचको सम्बन्धका विषयमा जानकारी नभए पनि घरमा आएर सरीताले बस्न नचाहेका कारण समस्या पैदा भएको बताएका छन्। आफ्नो घर र काम गरेर खान सक्दिनँ भनेर जापानबाट फर्केकी भाउजू घर छाडेर हिँडेको सरीताका देवर राजु पौडेलले बताए। रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com