ओली समूहको महाधिवेशन २०७८ मंसिर २ गतेदेखि ७ गतेसम्म


प्रकाशित मिति : पुस ७, २०७७ मंगलबार

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको समूहले पार्टीको महाधिवेशन आगामी वर्ष मंसिर २ गतेदेखि ७ गतेसम्म गर्ने निर्णय गरेको छ ।

मंगलबार बिहान बालुवाटारमा भएको आफूनिकट केन्द्रीय सदस्यहरूको बैठकमा ओलीको उक्त प्रस्ताव अनुमोदन भएको हो । हालै संसद् विघटन गराएका ओलीले आजै ११ सय ९९ सदस्यीय केन्द्रीय महाधिवेशन आयोजक कमिटी गठन पनि गरिसकेका छन् ।

ओली समूहको महाधिवेशन आयोजक कमिटी बैठक पुस ९ गते बस्ने

नेकपा ओली समूहको महाधिवेशन आयोजक कमिटी बैठक पुस ९ गते बस्ने भएको छ ।मंगलबार बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठलाई हटाउँदै प्रदीप ज्ञवालीलाई चयन गरेको छ ।
© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com