बालुवाटार र बबरमहलमा नेकपा केन्द्रीय कमिटीको बैठक, सुरक्षा व्यवस्था कडा
प्रकाशित मिति : पुस ७, २०७७ मंगलबार
सत्तारुढ दल नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छुट्टाछुट्टै केन्द्रीय कमिटीको बैठक बोलाएका छन् ।
दिउँसो १ बजे प्रचण्ड-माधव नेपाल समूहले बबरमहलको कार्की ब्यांक्वेटमा बैठक बोलाएका छन् भने केपी शर्मा ओली समूहले प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएका छन् । ओलीले ९ बजे बैठक बोलाएपनि भर्खरै मात्र केही नेताहरु बालुवाटार पुगेको ओलीनिकट एक नेताले जानकारी दिए । आजबाट औपचारिक विभाजनतर्फ जाने भएको नेताहरुले बताएका छन् ।
दुबै समूहले बैठक बोलाएपछि प्रहरीले सुरक्षा सतर्कता पनि बढाएको छ । उपत्यकामा दिनहुँ जसो प्रदर्शन भैरहेको बेला दुई पक्षबीच विवाद र झडप हुनसक्ने सम्भावना रहेकाले सुरक्षा व्यवस्था कडा पारिएको एक सुरक्षा अधिकृतले जानकारी दिए ।