प्रतिनिधिसभाको नियमित काम अघि बढाउने नेकपाका ११४ सांसदको भेलाको निचोड


प्रकाशित मिति : पुस ६, २०७७ सोमबार

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ११४ जना सांसद्हरूले संसद् बैठक बोलाउन माग गर्ने निर्णय गरेका छन्।  अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल समूहले बानेश्वरमा सांसदहरुको भेला गरेका छन् ।

बैठकमा प्रतिनिधिसभाका ९० र राष्ट्रियसभाका २४ जना सांसद्हरू सहभागी थिए। भेलामा विघटित प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका सांसदहरु उपस्थित रहेको भेलाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदम र राष्ट्रपतिले दिएको स्वीकृतिलाई अस्वीकार गर्ने निर्णय गरेको छ ।

काठमाडौं बाहिर रहेका सांसद्हरूले आफूहरू पनि उक्त मागमा सहभागी हुने जनाएपछि आगामी बुधवार पुन: बैठक राखिएको छ ।

बैठकले संसद् विघटनको प्रक्रियालाई रोक्नुपर्ने र अबिलम्ब संसद् बैठक बोलाउनुपर्ने निर्णय गरेको छ । त्यस्तै संसद् विघटनविरुद्ध कानुनी उपचार खोज्नेमा पनि सांसद्हरू सहमत भएका छन् ।

यसैबीच सर्वोच्च अदालतले संसद विघटन विरुद्ध परेका रिटहरूका सम्बन्धमा बुधवारका लागि पेशी तोकिएको जनाएको छ। अहिलेसम्म ११ वटा रिट निवेदन दर्ता गरिएको छ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com