नेपालमा थपिए ७४२ कोरोना संक्रमित, एकैदिन ७ जनाको मृत्यु


प्रकाशित मिति : पुस ६, २०७७ सोमबार

नेपालमा थप ७ सय ४२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ७ सय ४२ जनामा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५४ हजार ५१४ पुगेको छ भन संक्रिय संक्रमितको संख्या ७ हजार ९७६ रहेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ७९ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ४४ हजार ७४३ स‌ंक्रमणमुक्त भएका छन् ।

यस्तै नेपालमा कोरोनाबाट थप ७ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७९५ पुगेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com