बैशाखमा चुनाव हुनेवाला छैन : भट्टराई
प्रकाशित मिति : पुस ६, २०७७ सोमबार
पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले बैशाखमा चुनाव नहुने बताएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेर २०७८ साल वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र मिति २०७८ साल वैशाख २७ गते सोमबार दोस्रो चरणमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोकिसकेको बेला भट्टराईको यस्तो प्रतिक्रिया आएको हो ।
‘बैशाखमा चुनाव हुनेवाला छैन।’ भट्टराईले ट्विटरमा लेखेका छन्, ‘देश अँध्यारो सुरूङमा फसिसक्यो। संवैधानिकरकानूनी उपचारको झिनो आशा होला तर भर गर्न सकिन्न।’
दिगो उपचार राजनीतिक नै भएको उनको भनाई छ ।