प्रमाणित आईआरएस ट्याक्स तयारीकर्ता बनाउन न्युयोर्कमा नेपालीलाई निशुल्क तालिम


प्रकाशित मिति : पुस ५, २०७७ आईतबार

न्युयोर्क सिटीमा दक्षिण एसियाली समुदायको आवासीय स्थायीत्व र आर्थिक सवलताका लागि कृयाशिल गैर नाफामुलक संस्था छाया सीडीसीले प्रगति कार्यक्रम संचालन गर्ने भएको छ ।

ट्याक्स सिजनमा जागिर प्राप्त गरेर आफ्नो करिअर सुरु गर्न र प्रमाणित आईआरएस ट्याक्स तयारीकर्ता कसरी बन्ने भन्ने सन्दर्भमा निशुल्क तालिम दिन यो कार्यक्रम संचालन गरिएको हो ।

प्रगति कार्यक्रममा सहभागी हुन जनवरी ४ सम्म आवेदन दिनुपर्नेछ । जनवरी ११ बाट सुरु हुने तालिम भर्चुअल रुपमा हप्ताको ४ दिन जनवरीभर संचालन हुने जनाइएको छ ।

यदि यो कार्यक्रममा सहभागी हुन चाहनुहुन्छ भने यहाँ क्लीक गर्नुहोला ।

यदि यो कार्यक्रमबारे थप जानकारी चाहिएमा 718 478 3848 मा  वा इमेल ठेगाना [email protected] सम्पर्क गर्न सकिनेछ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com