काँग्रेस नेता सिटौला अस्पताल भर्ना
प्रकाशित मिति : पुस ५, २०७७ आईतबार
केहीदिन अगाडि कोरोना संक्रमण पुष्टी भएका काँग्रेस नेता कृष्ण प्रसाद सिटौला अस्पताल भर्ना भएका छन् । उनको छातीमा समस्या देखिएको जनाइएको छ ।
सिटौलालाई आइतबार राजधानीको हेम्स अस्पतालमा भर्ना गरिएको हो । भर्ना गरिए लगत्तै उनको स्वास्थ्य परीक्षण सुरु गरिएको छ ।
१० दिनअघि कोरोना संक्रमण पुष्टि भएका उनको स्वास्थ्यमा पछिल्लो समय समस्या देखिएको बताइएको छ । सिटौलालाई कस्तो खालको स्वास्थ्य समस्या देखिएको हो भन्नेबारे विस्तृत विवरण सार्वजनिक भएको छैन ।