कोलोराडोमा ७ दिन भेन्टिलेटरमा राखिएकी सृष्ठी अझै सिकिस्त, सहयोगको अपिल


प्रकाशित मिति : पुस ४, २०७७ शनिबार

सिकिस्त बिरामी भएपछि अस्पतालमा ७ दिन भेन्टिलेटरमा राखिएकी अमेरिकाको कोलाराडोको डेनभर निवासी सृष्ठी प्रधानलाई भेन्टिलेटरबाट निकालिएपनि अवस्था सिकिस्त रहेको जनाइएको छ । पहिलेको तुलनामा स्वास्थ्यमा केही सुधार भएपनि अझै बोल्न ,हातखुट्टा चलाउन र उठबस गर्न नसक्ने अवस्थामा रहेकी छिन् ।

निमोनियाका कारण डिसेम्बर ७ मा दमको गम्भीर आक्रमणले सिकस्त भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । स्वासप्रस्वासमा समस्या भएपछि उनलाई भेन्टिलेटरमा राख्नुपरेको थियो । उनलाई पार्कर एडभेनटिस्ट अस्पतालमा राखिएको छ ।

पूर्णरुपमा निको हुन अझै लामो समय लाग्ने चिकित्सकहरुले बताएका छन् । अचेत र प्यारालाइज भएकी उनको अहिले होस भने फर्किसकेको छ । हालैमात्र विवाहित र ग्रयाजुएट उनको उपचार र भविष्यमा चाहिने खर्च जुटाउन उनका साथीहरुका तर्फबाट गोफण्डमीमा सहयोग संकलन सुरु गरिएको छ ।

यदि तपाई पनि गोफण्डमीमार्फत सहयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लीक गर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com