कर्णालीमा घाँस बोक्न सरकारी गाडी


प्रकाशित मिति : पुस ४, २०७७ शनिबार

कर्णाली प्रदेश अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति चढ्ने गाडी घाँस बोक्न प्रयोग गरिएको छ । जाजरकोटबाट निर्वाचित प्रदेश सभा सांसद एवं समितिका सभापति गणेशप्रसाद सिंहले प्रयोग गर्ने गाडी शनिबार घाँस बोकेर प्रदेश राजधानी सुर्खेत तर्फ आउदै गर्दा चालक र गाडीलाई प्रहरीले पक्राउ गरेको हो ।

कर्णाली प्रदेश ०२ ००१ झ ००४० नम्बरको उक्त गाडीले वीरेन्द्रनगर नगरपालिका ११ भेरीबाट घाँस ल्याएर आउँदै गर्दा सुब्बाकुनास्थित ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । आफ्नो छोरालाई नेपालगञ्ज विमानस्थल पुर्याउन गाडी त्यसतर्फ गएको र आफु सुर्खेतस्थित पश्चिम बड्डिचौर भएको सभापति सिंहले बताउनु भएको छ ।

गणेशप्रसाद सिंह

 

प्रदेश सभा संसदीय समितिको सभापतिको हैसियतमा सिंहलाई यातायात सुविधाका लागि गाडी प्रदान गरिएको भएपनि सिंहले पारिवारिक प्रयोजनमा गाडीको दुरुपयोग गरेको स्थानियबासीको गुनासो रहेको छ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com