कुनै बेलाका होमलेस र दुर्ब्यसनी अहिले हरेकदिन सयौं होमलेसलाई खाना बाँड्दै


प्रकाशित मिति : पुस ४, २०७७ शनिबार

दाई पर्नेसँगको विवादपछि एन्थोनी डेल्गाडो जर्जियामा ट्रेनबाट बाहिर निकालिए । त्यसपछि सुरु भयो उनको होमलेस र लागु औषध दुर्ब्यसनीको रुपमा जीवनयात्रा । उनले सडकमा लामो समय लागुऔषध दुब्र्यसनीका रुपमा बिताए ।

एकदिन जाडो मौषममा उनी ग्रेहाउण्ड स्टेशनमा भुसाहा तान्दै बसिरहेका थिए । उनलाई त्यती सन्चो पनि थिएन । त्यतीबेला एकजना महिला र पुरुष आएर उनलाई अस्पताल जान भने ।

त्यसपछि उनी ती महिला र पुरुषको पछि लागे । उनले एकदम जोडसँग बस स्टेशनको ढोका खोल्दा नजिकै रहेका प्रहरीको ध्यान तानियो । प्रहरीले उनलाई शान्त हुन भने ।

उनले माफी माग्दै आफू ति महिला र पुरुषको पछि पछि जान चाहेको बताए । तर प्रहरीले त्यहाँ कुनै महिला र पुरुष नभएको बताए । त्यहाँ आसपासमा रहेका अन्यले पनि त्यहाँ कुनै महिला र पुरुष नदेखेको बताए ।

त्यसपछि हुन नजिकैको पार्कमा गएर माग्न बसे । उनको छातीले उनलाई दुख दिइरहेको थियो । त्यत्तिकैमा एकजना व्यक्ति त्यहाँ रोकिए । डेल्गाडोले आफू अस्पताल जान चाहेको बताए । त्यसपछि ती व्यक्तिले आफ्नो टिकट प्रयोग गरेर उनलाई ट्रेनभित्र छिराइदिए ।

उनी ट्रेनभित्र छिरे । पछाडि फर्केर ती व्यक्तिलाई धन्यवाद दिन चाहेका थिए । तर ती व्यक्ति कतै देखिएनन् । डेल्गाडो अस्पतालमा पुगे । उनले त्यसपछि रिहावमा जान थाले । त्यहाँ उनले एकजना पादरीबाट सहयोग पाए ।

जब उनले पादरीलाई आफूले बस स्टेशनमा एक जोडी देखेको र ट्रेन स्टेशनमा एकजना टिकट प्रयोग गरेर आफूलाई ट्रेन चढाइदिएको तर पछि उनीहरु नदेखिएको कुरा बताए तब पादरीले विश्वास गरेपनि नगरेपनि त्यहाँ दूतहरु रहेको बताए ।

विस्तारै उनको अवस्थामा सुधार हुँदै गयो । उनले जागिर पाए । र विस्तारै आत्मनिर्भर हुँदै गए । चर्चको सेवापछि डेल्गाडो ब्र्रेडको झोला बोकेर त्यही स्थानमा गए, जहाँ उनी सडकहरुमा सुत्ने गर्थे । उनी त्यहाँ जाँदा वर्षौपछि पनि तिनै होमलेसहरुलाई देखे । ४५ मिनेटमा सबै ब्रेडहरु बाँडेर उनी रुँदै फर्किए । आफूलाई जीवनको उद्देश्य पत्ता लगाउन सहयोग गरेकोमा भगवानलाई धन्यवाद दिए ।

अहिले डेल्गाडोले ७ जनालाई रोजगारी दिएका छन् । २ वटा भवनहरु छन् । उनले स्थापना गरेको संस्थामा १७ वटा फ्रिज र दुईवटा ट्रक रहेका छन् । उनले स्थापना गरेको ‘आई केयर एटलान्टा’ नामको संस्थाले अहिले होमलेसहरुलाई सहयोग गरिरहेको छ । उनीहरु घरवारविहिनता अन्त्यका लागि मेट्रो एटलान्टामा गरिब र होमलेसहरुलाई सहयोग गरिरहेका छन् ।

उनका सहयोगी समुहहरुमा अहिले स्थानीय प्रहरी विभाग र विजनेशहरु रहेका छन् । स्थानीय स्टोरहरुले खाना र रकम सहयोग गर्छन्, प्रहरीले आवश्यकतामा रहेकाहरुलाई डेल्गाडोसमक्ष पठाउँछन् र डेल्गाडोको समुहले त्यस्ता होमलेसहरुलाई आवास र अन्य श्रोतका लागि सहयोग गर्दै आएको छ ।

महामारी सुरु भएपछि खाना र आवासको माग धेरै भएको डेल्गाडो बताउँछन् । उनले अहिले हरेक दिन झण्डै ४ सयलाई खाना खुवाउदै आएका छन् ।

आफू होमलेस भएको बेला धेरै नराम्रा र राम्रा मान्छेहरु देखेको उनी बताउँछन् । कतिपयले आफूलाई थुक्ने र लात्ति हान्ने समेत गरेको उनी बताउँछन् । तर कतिपयले भने होटलको पैसा तिरिदिने, खानेकुरा किनिदिने र ट्रेनमा चढाइदिने गरेको उनी सम्झन्छन् ।

छिमेकमा कोही व्यक्ति भोकै भएको देखेमा खानेकुरा किनिदिनु उपयुक्त हुने सुझाव दिन्छन् उनी । किनभने नगद दिंदा पैसाको दुरुपयोग हुनसक्छ भने कहिलेकाँही राइड दिंदा सुरक्षाको जोखिम समेत हुनसक्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com