झुटो विवरण पेश गरेर नागरिकता लिने र दिने नौविरुद्ध मुद्दा


प्रकाशित मिति : पुस ४, २०७७ शनिबार

झुटो विवरण पेश गरेर नागरिकता बनाउनेको कागजात राम्रोसँग जाँच नगरेकोे भन्दै बागलुङका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीसहित थप तीन कर्मचारीविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

गिरी हाल मनाङमा प्रमुख जिल्ला अधिकारी छन् । नागरिकता दिने तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी गिरी, प्रशासकीय अधिकृत कृष्णराज गौतम र नागरिकताको फाँटवाला नासु विष्णुप्रसाद शर्माविरुद्ध पनि मुद्दा परेको अदालतले जनाइएको छ ।

झुटो विवरण पेश गरेर नागरिकता बनाउने बागलुङ नगरपालिका वडा नं ६ का पंकज सापकोटा यसअघि नै पक्राउ परेका थिए । उनीसहित अन्य दुई पक्राउ परेका थिए भने वडाध्यक्षसहितका तीन फरार छन् । सापकोटाले वडा नं ४ को झुटो विवरण पेश गरेर नागरिकता बनाएपछि अदालतमा मुद्दा परेको थियो ।

सापकोटाले ईश्वर आचार्य नाम देखाएर नागरिकता बनाएको भेटिएपछि जिल्ला सरकारी वकिलको कार्यालयले सापकोटासहितलाई प्रतिवादी बनाएर मुद्दा दिएको थियो । उक्त मुद्दामा पक्राउ परेका तीन जनालाई जिल्ला अदालतले शुक्रबार धरौटीमा रिहा गरेको छ । शुक्रबार भएको थुनछेकको बहसपछि जिल्ला अदालतको आदेशमा उनीहरु धरौटीमा छुटेका हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उक्त मुद्दामा वडा नं ४ का अध्यक्ष धु्रवबहादुर केसीसहित वडासचिव प्रेमबहादुर खड्का, नागरिकता बनाउने सापकोटा, उनका काका नाता लगाएर सनाखत गरेका सन्तोष आचार्य, प्रमाणपत्र दिने शिक्षकलगायतलाई अदालतले तीन साताअघि पक्राउ आदेश दिएको थियो । प्रहरीले सापकोटासहित आचार्य र वडासचिव खड्कालाई मात्र पक्राउ गरेको थियो । वडाध्यक्ष केसीसहितका अन्य व्यक्ति भने फरार छन् ।

जिल्ला न्यायाधीश वासुदेव न्यौपानेको इजलासले शुक्रबार उनीहरुलाई धरौटीमा रिहा गरेको हो । झुटो विवरण पेश गरेर नागरिकता लिने सापकोटा नागरिकता लिएकामा रु ५० हजार र राहदानी लिएकामा ६० हजार गरी एक लाख १० हजार धरौटीमा छुटेका छन् । त्यस्तै काका नाता बनाएर सनाखत गर्ने आचार्यलाई रु ३० हजार धरौटीमा छुटाउने आदेश दिइएको हो । वडासचिव खड्कालाई भने शुद्ध तारेखमा छुटाइएको हो । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com