नेपालमा थप ७१० जनामा कोरोना संक्रमण, १२ को मृत्यु


प्रकाशित मिति : पुस ४, २०७७ शनिबार

नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ७ सय १० जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५३ हजार १८० पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार १७५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ४२ हजार ५६७ स‌ंक्रमणमुक्त भएका छन् । आज कोरोनाबाट थप १२ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७७७ पुगेको छ ।

नेपालमा हाल संक्रिय संक्रमितको संख्या ८ हजार ८४० रहेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com