बेनीको खुल्ला मञ्च स्तरोन्नति अलपत्र


प्रकाशित मिति : पुस ४, २०७७ शनिबार

beni bazar, myagdi

बजेटले निरन्तरता नपाएपछि बेनीको खुल्ला मञ्च विस्तार र स्तरोन्नति गर्नेे योजना अलपत्र परेको छ ।

कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको मैदानलाई विस्तार गर्न र प्यारापिट बनाउन विसं २०७४ मा रु नौ करोड लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको थियो ।

जिल्ला खेलकूद विकास समिति र बेनी नगरपालिकाले ‘मिनी स्टेडियम’ बनाउन शुरु गरेको योजना चालु आर्थिक वर्षमा बजेटविहीन भएको छ ।

प्याराफिट बनाउन र मैदान विस्तार गर्न शुरु गरेका काम अधुरा छन् । म्याग्दी नदीको किनारतर्फको प्याराफिट भत्काइएको थियो । प्याराफिट भत्काएपछि खेलमैदानको बीचमा ढुङ्गा र माटो थुपारिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

खेलमैदानको अभावमा बेनीमा केही समययता खेलकूद गतिविधि ठप्प भएको स्थानीय युवा सतिश श्रेष्ठले बताए । फुटबल, क्रिकेट र एथलेटिक्स खेलको अभ्यास गर्ने र प्रतियोगिता सञ्चालन गर्ने एकमात्र मैदान खुल्ला मञ्च हो । जिल्लास्तरीय मेला, महोत्सव, सभा, समारोह, सांस्कृतिक कार्यक्रम र सम्मेलन यही हुने गर्छ ।

“लकडाउनमा शुरु भएको खेलमैदान विस्तारको काम अझै सकिएको छैन”, श्रेष्ठले भने, “शुरु गरिएको कामसमेत अधुरा र अलपत्र छन् ।” जनप्रतिनिधिको उपेक्षाका कारण बेनीमा मिनी स्टेडियम बनाउने योजना भाषणमै सीमित भएको खेलाडीको गुनासो छ । खेलमैदान झाडीमा परिणत भएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले एक वर्षअघि जिसस म्याग्दीको सभाहल उद्घाटन गर्ने क्रममा बेनीको खुल्ला मञ्चलाई ‘मिनी स्टेडियम’ बनाउने घोषणा गरेका थिए । नगरपालिका, प्रदेश र प्रतिनिधिसभाका जनप्रतिनिधिले घोषणा दोहोराउँदै आएका छन् ।

बजेटले निरन्तरता नपाएपछि शुरु गरेका काम पनि अधुरा र खेलमैदान अस्तव्यस्त भएको बेनीका एकेन्द्र रावलले बताए । “खुल्ला मञ्च म्याग्दीको गहना हो”, राप्रपाका केन्द्रीय सदस्यसमेत रहेका रावलले भने, “जनप्रतिनिधिको बेवास्ता र उपेक्षाका कारण बजेट व्यवस्थापन नहुँदा खुल्ला मञ्च भद्रगोल बनेको हो ।”

त्रिकोण आकारको मैदान हाल ८० मिटर लामो र ३८ मिटर चाक्लो छ । कालीगण्डकी र म्याग्दी नदीको किनारतर्फ पक्की पर्खाल उठाएर लम्बाइलाई ९६ मिटर र चौडाइलाई ४५ मिटरको बनाउन लागिएको हो । दायाँ र बायाँ ९०/९० मिटर लामा सात हजार जना क्षमताको दुई प्यारापिट बनाउन शुरु गरेको थियो । दर्शक बस्ने चार तहको प्यारापिट बनाउने योजना छ ।

हाल नौ÷नौ जनाको फुटबल खेलाइने खेलमैदान विस्तार गरेपछि ११/११ जनाको टिम खेलाउन सकिन्छ । प्यारापिटको बाहिरी भागमा अग्लो तारजाली लगाएपछि बल खोलामा पुग्ने समस्या हट्नेछ । हाल फुटबल खेल्दा खेलाडीले फालेको बल खोलामा पुगेर हैरान हुन्छ ।

विसं २०५१ मा तत्कालीन सांसद निल पुनले सांसद विकास कोषबाट रु एक लाख बजेट विनियोजन गरेर खुल्ला मञ्चलाई व्यवस्थित बनाउन शुरु गरिएको थियो । युवा तथा खेलकूद मन्त्रालयले विसं २०७१ मा रु छ लाख पचास हजार र २०७३ मा रु ५९ लाख ६७ हजार विनियोजन गरेको थियो ।

विसं २०७४ मा रु एक करोड र २०७५/०७६ मा रु ६० लाख विनियोजन भएको थियो । गत आर्थिक वर्ष २०७६/०७७ मा बेनी नगरपालिकाले रु नौ लाख, अर्थ मन्त्रालयले रु ५० लाख, खेलकूद मन्त्रालयले रु ५० लाख र स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमबाट रु ५० लाख विनियोजन भएको थियो ।

म्याग्दी नदीको किनारतर्फ १०५ मिटर लामो र पाँच मिटर अग्लो पर्खाल बनाउने काम करिब आधा सकिएको छ । करिब १५ मिटर प्याराफिट बनाइएको छ । कालीगण्डकी किनारतर्फ करिब ५० मिटर लामो प्याराफिट बनाउन पिल्लर ठडाइएको छ । बेनी नगर कार्यपालिकाको भौतिक पूर्वाधार समितिका संयोजक कृष्णकुमार विश्वकर्माले कोरोनाका कारण नगरसभाबाट खेलमैदानलाई बजेट विनियोजन गर्न नसकिएको बताए।

“कोरोना कोषमा बजेट छुट्टाउँदा खुल्ला मञ्चलगायतका केही क्रमागत योजना प्रभावित भएका छन्”, खेलकूद विकास समिति म्याग्दीका निवर्तमान अध्यक्षसमेत रहेका विश्वकर्माले भने, “बाँडफाँट गर्न बाँकी बजेटका अलावा सङ्घीय र प्रदेशबाट खेलमैदानलाई बजेट व्यवस्थापन गर्न पहल गरेका छौँ ।” रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com