विवाहपञ्चमीले राष्ट्रिय एकताको भावना जागृत गरी सद्भाव र सहिष्णुतालाई थप सुदृढ बनाउँछ : राष्ट्रपति


प्रकाशित मिति : पुस ४, २०७७ शनिबार

राष्ट्रपति विद्यादेवी भण्डारीले माता सीता र भगवान् रामको शुभविवाह सम्पन्न भएको विशेष दिनका सम्झनामा मनाइने विवाहपञ्चमीका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेकी छन्।

नेपाली समाज ऐतिहासिककालदेखि नै सहिष्णुता र सभ्यताको केन्द्र रहेको जनाउँदै राष्ट्रपतिले मिथिला क्षेत्रको सांस्कृतिक धरोहरका रूपमा रहेको विवाहपञ्चमी पर्वले सम्पूर्ण नेपालीमा राष्ट्रिय एकताको भावना जागृत गरी समाजमा विद्यमान सद्भाव र सहिष्णुतालाई थप सुदृढ बनाउन सहयोग पुर्याउने विश्वा्स व्यक्त गरेकी छन् ।

पर्वका समयमा सामाजिक अन्तरक्रिया बढ्ने हुनाले कोरोना भाइरसको सङ्क्रमणबाट बच्न स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै विवाहपञ्चमीको उत्सव मनाउन उहाँले सबैमा आह्वान गरेकी छन्।

मुलुकको सामाजिक तथा सांस्कृतिक विविधताबीच एकता कायम गर्दै राष्ट्रिय एकताको भावना थप सुदृढ गर्न र मौलिक संस्कृतिको संरक्षण एवम् सम्बर्द्धन गर्न विवाहपञ्चमी पर्वमार्फत सबैलाई प्रेरणा मिलोस् भन्ने कामना पनि राष्ट्रपति भण्डारीले गरेकी छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्राचीनकालदेखि नै मिथिला क्षेत्रमा मनाइने विवाहपञ्चमी पर्वको सांस्कृतिक एवम् ऐतिहासिक महत्व रहेको छ । प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा अवस्थित जानकी मन्दिरलाई यस पर्वको केन्द्र मानिने हुनाले यस दिन जनकपुरस्थित सागरहरूमा सन्ध्या आरती गर्ने तथा रामायणमा वर्णन भएका घटनाहरूको स्मरण एवम् कथा वाचन गर्ने परम्परा रहिआएको छ । यसैगरी विवाहोत्सवमा बाजागाजासहित झाँकी, नाचगान प्रस्तुत हुने तथा जन्ती र डोला हेरिने समेत परम्परा  छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com