८० बर्षकी हाउस स्पीकर पेलोसी र ७८ बर्षका रिपब्लिकन नेता म्याक्कोनेलले लिए भ्याक्सिन


प्रकाशित मिति : पुस ३, २०७७ शुक्रबार

हाउस स्पीकर न्यान्सी पेलोसीले कोरोनाबिरुद्धको फाइजर भ्याक्सिन लिएकी छिन् ।

८० बर्षकी डेमोक्रेटिक नेतृ पेलोसीले भ्याक्सिनको पहिलो डोज लिए लगत्तै सिनेटमा रिपब्लिकन नेता मिच म्याक्कोनेले पनि भ्याक्सिन लिएका छन् । ७८ बर्षका म्याक्कोनेलले सुरक्षित र प्रभावकारी भ्याक्सिन लिएको बताएका छन् ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

आजै अमेरिकी उपराष्ट्रपति माइक पेन्सले आज विहान टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गर्दै कोरोनाबिरुद्धको भ्याक्सिन लिएका थिए ।

सार्वजनिक रुपमा कोरोनाबिरुद्धको भ्याक्सिन लिने उनी पहिलो उच्च सरकारी अधिकारी हुन् । पेन्सकी पत्नी करेन पेन्स र सर्जन जनरल जेरोम आदम्सले पनि भ्याक्सिन लगाएका थिए ।

 

आफूले भ्याक्सिन लगाउँदा पत्तै नपाएको बताउँदै पेन्सले भ्याक्सिन मेडिकल चमत्कार भएको बताएका छन् । इतिहासमा यो साता कोरोना महामारीको अन्त्यको सुरुवात भएको साताका रुपमा रहने पेन्सले बताए । पेन्सले अमेरिकनहरुलाई सामाजिक दुरी कायम गर्न, हात धुन र मास्कको प्रयोग गर्न प्रोत्साहित गरे ।

इसेनहावर कार्यकारी अफिसको भवनमा भ्याक्सिन लगाउने कार्यक्रम रहेको थियो । जहाँ पेन्सको कार्यालय रहेको छ ।

नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले भने सोमबार भ्याक्सिन लगाउने तयारी गरिहेका छन् ।

आफू लाइनमा अगाडि जान नचाहेको भएतापनि अमेरिकनलाई भ्याक्सिन लिनु सुरक्षित रहेको सन्देश दिनका लागि आगामी साता भ्याक्सिन लिन लागेको बाइडेनले बताएका छन् । बाइडेनले भ्याक्सिन लगाएको भिडियो पनि सार्वजनिक रुपमा देखाइने भएको छ ।

यस अगाडि अमेरिकाका बरिष्ठ सरुवा रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले नवनिर्वाचित अमेरिकी राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई यथाशीघ्र भ्याक्सिन लगाउनुपर्ने बताएका थिए । ह्वाइट हाउसमा प्रवेशको समयमा कुनै समस्या उत्पन्न हुन नदिनका लागि यसो गर्नु आवश्यक रहेको फाउचीले बताएका थिए ।

गत शुक्रबार कोरोनाबिरुद्धको फाइजर र बायोएनटेकले बनाएको भ्याक्सिन प्रभावकारी र सुरक्षित ठहर गर्दै प्रयोगका लागि अमेरिकाको खाद्य तथा औषधी प्रशासन एफडीएले अनुमति दिएको थियो । त्यसपछि सोमबारबाट अमेरिकामा भ्याक्सिन लगाउन सुरु गरिएको छ ।

फाइजरको भ्याक्सिन १६ बर्षभन्दा माथिकालाई प्रयोगका लागि स्वीकृत गरिएको हो । फाइजरको भ्याक्सिन माइनस ७६ डिग्री फरेनहाइट र त्योभन्दा चिसोमा राख्नुपर्छ ।

फाइजरको कोभिड १९ भ्याक्सिन अमेरिकामा प्रयोगको स्वीकृति पाउने पहिलो भ्याक्सिन हो । अमेरिकाले आगामी मार्चभित्र १ सय मिलियनलाई भ्याक्सिन लगाउने योजना बनाएको छ ।

फाइजरको भ्याक्सिन एउटामात्र डोजपछि भ्याक्सिनले कोरोना संक्रमण हुनबाट ८२ प्रतिशतसम्म रोक्न प्रभावकारी हुने जनाइएको छ । तर दुबै डोज दिएपछि भने ९५ प्रतिशतसम्म प्रभावकारी हुनेछ ।

फाइजर र बायोएनटेकको खोपले आनुवंशिक कोडहरूलाई प्रयोग गरेर रोग प्रतिरोधी प्रतिक्रिया निम्त्याउँछन् र यसलाई एमआरएनए खोप भनिन्छ। यसले मानव कोषमा फेरबदल गर्दैन बरू शरिरलाई कोभिड विरुद्ध प्रतिरोधी हुन तयार रहने हिसाबको निर्देशन दिन्छ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com