अध्यादेशविरुद्धको मुद्दामा आज संवैधानिक इजलासमा सुनुवाइ


प्रकाशित मिति : पुस ३, २०७७ शुक्रबार

सरकारले ल्याएको विवादित संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेजको माग गर्दै परेको मुद्धामा आज संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । अधिवक्ता ओमप्रकाश अर्याल र दिनेश त्रिपाठीले हालै राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्‍को सिफारिसमा जारी गरेको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ को (पहिलो संशोधन) अध्यादेश २०७७ विरुद्ध सर्वोच्‍च अदालतमा छुट्टाछुट्टै रिट दायर गरेका थिए ।

रिटमा अधिवक्ताद्वयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संवैधानिक परिषद्, राष्ट्रियसभा अध्यक्ष, विपक्षी दलका नेता र परिषद् सदस्य रहेका प्रधानन्यायाधीशलाई विपक्षी बनाएका छन् । उक्त रिटमाथि आज प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ रहेको संवैधानिक इजलासमा सुनुवाई हुने भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com