पेन्सिलभेनियामा ४३ र न्युयोर्कमा ४१ इन्चसम्म हिमपात, न्युयोर्क सिटीमा अनुमानभन्दा कम


प्रकाशित मिति : पुस २, २०७७ बिहीबार

गएराती न्युयोर्क, न्युजर्सी र पेन्भिलभेनिया लगायतका राज्यमा भारी हिमपात भएको छ । न्युयोर्क सिटीमा अनुमान गरेभन्दा कम हिमपात भएपनि न्युयोर्क राज्यका कतिपय स्थानमा भने ४१ इन्चसम्म हिमपात भएको छ ।

न्युयोर्कका ब्रिंघमाटन, एन्डीकोट, फोस्टर, अपलाचियन, जोन्सन सिटी र भेस्टलमा ३७ देखि ४१ इन्चसम्म हिमपात भएको छ । वेदर नेशनका अनुशार यी क्षेत्रमा ३ फिटसम्म हिमपात भएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्युयोर्कसिटीभित्र भने अनुमान गरेको भन्दा कम हिमपात भएको छ । १८ इन्चसम्म हिमपात अनुमान गरिएको भएतापनि म्यानहटनमा १० इन्चसम्ममात्र हिमपात भएको छ । ब्रोंक्समा साढे १० इन्च र क्वीन्समा ९ इन्चसम्म हिमपात भएको छ । स्टेटन आइल्याण्ड र ब्रुकलिनमा ५ इन्चसम्म हिमपात भएको छ ।

न्युजर्सीमा न्युयोर्कसिटीकै स्तरमा हिमपात भएको छ । न्युजर्सीमा झण्डै ११ इन्चसम्म हिमपात भएको छ ।

पेन्सिलभेनियाका कतिपय स्थानमा ४३ इन्चसम्म हिमपात भएको छ । लिचफिल्ड, अल्बा, कोभिंटन लगायतका स्थानमा २८ देखि ४३ इन्चसम्म हिमपात भएको हो ।

अहिलेभने अधिकांश स्थानमा मौषममा सुधार आइसकेको छ । न्युयोर्कका कतिपय स्थानमा घाम लागिसकेको छ । तर बाटाहरु चिप्ला भएका छन् भने जनजीवन प्रभावित भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com