नेपालमा थप ७७६ जनामा कोरोना संक्रमण, ६ को मृत्यु
प्रकाशित मिति : पुस २, २०७७ बिहीबार
नेपालमा थप ७ सय ७६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ७ सय ७६ जनामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५१ हजार ६९२ पुगेको छ भने संक्रिय संक्रमितको संख्या ९ हजार ५८० रहेको छ ।
पछिल्लो २४ घण्टामा ९४७ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ४० हजार ३६३ संक्रमणमुक्त भएका छन् ।
यस्तै कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७४९ पुगेको छ ।