यस्तो छ ८३ सांसदले संसदको अधिवेशन माग गर्दै राष्ट्रपतिलाई लेखेको पत्र !
प्रकाशित मिति : पुस २, २०७७ बिहीबार
/fi6«kltåf/f cWofb]z k|df0fLs/0f /fi6«klt ljBfb]jL e08f/Ln] z’qmaf/ /fli6«o;ef lgjf{rg;DaGwL cWofb]z k|df0fLs/0f ug'{x’Fb} . tl:a/ M ;f}hGo–/fi6«kltsf] sfof{no, /f;;
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी भएपछि संसद्को अधिवेशन बोलाउन माग गर्दै सत्तारुढ दल नेकपाकै ८३ सांसदले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई पत्र लेखेका छन्।
नेकपाका ८३ सांसदको हस्ताक्षरसहित सो पत्र दर्ता गर्न स्थायी समिति सदस्य भीम रावल र पम्फा भुसाल बुधबार शीतल निवास पुगेका थिए । तर, बुधबारै बसेको नेकपा स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने प्रतिबद्धता जनाएपछि पत्र दर्ता नगरिएको हो ।
पत्रमा भनिएको छ, ‘जनताका माग आकांक्षा र भावना मुखरित र सम्बोधन गर्ने प्रतिनिधि सभाको नियमित बैठक बोलाउनुपर्ने समय भइसकेको अवस्थामा सम्माननीय प्रधानमन्त्रीले हठात् संवैधानिक परिषद् (काम कर्तर्व्य र अधिकार) ऐन २०६६ लाई संशोधन गर्न मन्त्रिपरिषदबाट अध्यादेश सिफारिस गर्नु भई सो अध्यादेश जारी भएकाले यस्तो संवेदनशील विषयमा संसदमा छलफल गर्नु अपरिहार्य भएको छ।’
पत्र-






