सर्वोच्च अदालतमा अध्यादेशविरूद्ध रिट दायर


प्रकाशित मिति : पुस १, २०७७ बुधबार

सरकारले ल्याएको विवादित अध्यादेश विरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ। अधिवक्ता ओमप्रकाश अर्यालले मन्त्रिपरिषद्‍को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार जारी गरेको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ को (पहिलो संशोधन) अध्यादेश २०७७ विरुध्द सर्वोच्‍च अदालतमा रिट दायर गरेका हुन् ।

अधिवक्ता अर्यालले आफूले रिट दर्ता गरेको र प्रशासनिक कामहरु बाँकी रहेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठकमा जानकारी नदिइकनै अध्यादेश ल्याएका थिए। प्रधानमन्त्री ओलीले ल्याएको अध्यादेश मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेपछि उक्त अध्यादेश विवादमा परेको छ ।

अध्यादेश जारी गरेलगत्तै प्रधानमन्त्री ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सना र प्रधानन्यायाधीश चोलेन्द्र सम्शेर जवरा सम्मिलिति परिषद बैठक बसेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com