अमेरिकाको कुन राज्यमा कसरी लगाउने भ्याक्सिन, हरेक राज्यको योजनासहित
प्रकाशित मिति : मंसिर ३०, २०७७ मंगलबार
अमेरिकामा कोरोनाबिरुद्धको फाइजर भ्याक्सिनको वितरण सोमबारदेखि सुरु भइसकेको छ भने अर्कोसातादेखि मोडेर्नाको भ्याक्सिनको पनि वितरण सुरु हुने अपेक्षा गरिएको छ । अधिकांश अमेरिकनहरु भ्याक्सिन लगाउनका लागि निकै उत्साहित रहेका छन् ।
विभिन्न राज्यले भ्याक्सिन वितरणमा आआफ्ना योजनाहरु र प्राथमिकताहरु बनाएका छन् । तर अधिकांशले पहिलो प्राथमिकतामा स्वास्थ्यसमस्या भएकाहरु र फ्रन्टलाइनरहरुलाई राखेका छन् ।
कोरोनाबिरुद्धको फाइजर भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी रहेको छ भने आगामी साता आउने अवेक्षा गरिएको मोडेर्ना भ्याक्सिन पनि ९५ प्रतिशत प्रभावकारी रहेको छ । तर मोडेर्ना भ्याक्सिन भने ६५ बर्षभन्दा माथिकाहरुमा ८६ प्रतिशतमात्र प्रभावकारी देखिएको छ ।
न्युयोर्कमा कोरोना संक्रमणदर उच्च रहेको क्षेत्रका उच्च जोखिममा रहेकाहरु र अत्यावश्यक स्वास्थ्यकर्मीहरुलाई पहिलो प्राथमिकता दिइनेछ भने कोरोना संक्रमणदर अलिक कम रहेको क्षेत्रका उच्च जोखिममा रहेकाहरु र अत्यावश्यक स्वास्थ्यकर्मीहरुलाई दोश्रो प्राथमिकता दिइनेछ ।
त्यस्तै संक्रमणदर उच्च रहेको क्षेत्रका कम जोखिममा रहेका र अत्यावश्यक कामदारहरुलाई तेश्रो प्राथमिकता दिइनेछ भने संक्रमणदर कम रहेको क्षेत्रका कम जोखिममा रहेका र अत्यावश्यक कामदारहरुलाई चौथो प्राथमिकता दिइनेछ । संक्रमणदर उच्च रहेको क्षेत्रका अन्य सबैले पाँचौ प्राथमिकतामा र संक्रमणदर कम रहेको क्षेत्रका अन्य सबैले छैठौं प्राथमिकतामा भ्याक्सिन पाउनेछन् ।
पहिलो चरणमा भ्याक्सिन स्वास्थ्यकर्मी र दीर्घकालिन हेरचाह केन्द्रमा रहेकाहरुले उनीहरुकै स्थानमा भ्याक्सिन पाउनेछन् भने जनस्वास्थ्य कार्यकर्ता तथा सुरक्षाकर्मीहरु र अग्नी नियन्त्रकहरुले उनीहरुकै कार्यस्थल वा मोबाइल युनिटबाट पाउनेछन् । ग्रोसरी स्टोर, फार्मेसी, ट्रान्जिटमा काम गर्नेहरु, शिक्षक, स्कुलका कर्मचारी, बालबालिका हेरचाह गर्नेहरुले उनीहरु कार्यस्थल वा मोबाइल युनिटबाट पाउनेछन् । ६५ बर्ष नाघेकाहरु, ६५ बर्षभन्दा कम उमेरका तर स्वास्थ्य समस्या भएकाहरु, अन्य अत्यावश्यक कामदारहरु र बाँकी सबैले उनीहरुको कार्यस्थल वा प्राइमरी केयर प्रोभाइडर वा फार्मेसीमार्फत भ्याक्सिन पाउनेछन् ।
तर पहिलो चरणमा पूर्णरुपमा भ्याक्सिन उपलब्ध हुनेछैन । दोश्रो चरणमा स्वास्थ्यकर्मी र दीर्घकालिन हेरचाह केन्द्रमा रहेकाहरुलाई पूर्णरुपमा उपलब्ध हुने र तेश्रो चरणमा जनस्वास्थ्य कार्यकर्ता तथा सुरक्षाकर्मीहरु र अग्नी नियन्त्रकहरुलाई पूर्णरुपमा उपलब्ध हुने अपेक्षा गरिएको छ । चौथो चरणमा ग्रोसरी स्टोर, फार्मेसी, ट्रान्जिटमा काम गर्नेहरुलाई उपलब्ध हुने अपेक्षा गरिएको छ भने पाँचौ चरणमा सबैलाई उपलब्ध हुने अपेक्षा गरिएको छ ।
कुन राज्यमा भ्याक्सिन कसरी प्राप्त गर्न सकिन्छ ? कुन राज्यको योजना के छ ? थाहा पाउनुहोस् अमेरिकाका सबै राज्यका भ्याक्सिन वितरणका योजनाहरु ।