नेपालमा थपिए ९३६ कोरोना संक्रमित, एकैदिन १४ जनाको मृत्यु
प्रकाशित मिति : मंसिर ३०, २०७७ मंगलबार
नेपालमा थप ९ सय ३६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ९ सय ३६ जनामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५० हजार १८० पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार ९ सय ९६ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ३८ हजार ५६९ संक्रमणमुक्त भएका छन् ।
यस्तै कोरोनाबाट थप १४ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७३० पुगेको छ ।