नेपालमा थपिए ८२१ कोरोना संक्रमित, एकैदिन १८ जनाको मृत्यु
प्रकाशित मिति : मंसिर २९, २०७७ सोमबार

नेपालमा थप ८ सय २१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ८ सय २१ जनामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ४९ हजार २४४ पुगेको छ भने संक्रिय संक्रमितको संख्या १० हजार ९५५ रहेको छ ।
पछिल्लो २४ घण्टामा ८४२ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ३६ हजार ५७३ संक्रमणमुक्त भएका छन् ।
यस्तै कोरोनाबाट थप १८ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७१६ पुगेको छ ।