नेपालमा थपिए ८३० कोरोना संक्रमित, एकैदिन ९ जनाको मृत्यु


प्रकाशित मिति : मंसिर २८, २०७७ आईतबार

नेपालमा थप ८ सय ३० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ८ सय ३० जनामा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ४८ हजार ४२३ पुगेको छ भने हाल संक्रिय संक्रमितको संख्या १० हजार ९९४ रहेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ५०० जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ३५ हजार ७३१ स‌ंक्रमणमुक्त भएका छन् । हालसम्म् ९४.९ प्रतिशत संक्रमितले कोरोना जितिसकेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ९ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६९८ पुगेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com