नेकपा स्थायी कमिटी बैठक बालुवाटार सर्यो, लामाको शोक प्रस्ताव पेश हुने


प्रकाशित मिति : मंसिर २८, २०७७ आईतबार

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ । आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय मुख्यालय धुम्बाराहीमा बस्ने भनिएको बैठक बालुवाटारमा बोलाइएको स्रोतले बताएको छ । यसअघि मंसिर २१ गतेको बैठक धुम्बाराहीमा बसेको थियो ।

आजको बैठकमा पूर्व राजदूत एवम् पूर्व सांसद लामाको निधनमा शोक प्रस्ताव पेश हुनेछ र शोक प्रस्ताव पारित भएसँगै बैठक स्थगित गर्ने बताइएको छ । लामाको गएको मंसिर २४ गते कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने बताइएको छ । यसअघिको बैठकमा प्रधानमन्त्री ओली उपस्थित भएका थिएनन् । उनले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावमाथि औपचारिक रुपमा छलफल गर्न नसकिने भन्दै बैठक बहिस्कार गरेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com