नेपालमा थप ८९९ जनामा कोरोना संक्रमण, १५ जनाको मृत्यु
प्रकाशित मिति : मंसिर २७, २०७७ शनिबार
नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ८९९ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ४७ हजार ५९३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ३५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ३४ हजार ३२१संक्रमणमुक्त भएका छन् । आज कोरोनाबाट थप १५ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६८९ पुगेको छ ।
नेपालमा हाल संक्रिय संक्रमितको संख्या ११ हजार ६७३ रहेको छ ।