बुधबार र बिहिबार न्युयोर्कमा यो सिजनकै मुख्य हिमपात
प्रकाशित मिति : मंसिर २६, २०७७ शुक्रबार

बुधबार र बिहिबार न्युयोर्कमा यो सिजनकै मुख्य हिमपात हुने मौषमविदहरुले अनुमान गरेका छन् । न्युयोर्कबासीहरुले सामान्य हिउँका झोक्काहरु देखेपनि अहिलेसम्म यो सिजनको मुख्य हिमपात भने भएको छैन । न्युयोर्कका साथै न्युजर्सी र कनेक्टिकटमा समेत उल्लेख्यमात्रामा हिमपात हुने अनुमान गरिएको छ ।
बुधबारदेखि बिहिबारसम्म तटीय आँधीको सम्भावना रहेको छ । उक्त आँधी सोमबार पश्चिम अमेरिकामा विकाश हुने जनाइएको छ । त्यसपछि तीब्र गतिमा पूर्वतिर सर्दै जानेछ । न्युयोर्कमा कुन क्षेत्रमा हिमपात हुन्छ र कुन क्षेत्रमा वर्षामात्र हुन्छ अहिले नै भन्न कठिन हुने मौषमविदहरुको भनाई छ ।
बुधबार र बिहिबार चिसो बढेपनि शुक्रबारदेखि भने तापक्रम केही बढ्ने अनुमान गरिएको छ । बिहिबार न्युयोर्कको तापक्रम माइनस ६ डिग्री सेल्सियससम्म झर्ने अनुमान गरिएको छ । कति ठूलो हिमपात हुनेछ भन्नेबारे अहिले नै अनुमान गरिएको छैन ।