नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कालाई कोरोना संक्रमण


प्रकाशित मिति : मंसिर २६, २०७७ शुक्रबार

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कालाई कोरोना संक्रमणको पुष्टि भएको छ। शुक्रबार बिहान पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण देखिएको फेसबुकमार्फत जानकारी गराएका छन् ।

उनले आफूमा कोरोनाका सामान्य लक्षण देखिएपछि दुई दिनदेखि सेल्फ आइसोलेसनमा बसेको र स्वाद र गन्ध आउने छाडेपछि परीक्षण गराएको बताएका छन्। अहिले पनि आफू सबै स्वास्थ्य मापदण्ड अनुसरण गरी घरमै आइसोलेसनमा बसेको उनले बताएका छन्।

No description available.

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com