नेपालमा थपिए १०४४ कोरोना संक्रमित, एकैदिन ११ जनाको मृत्यु


प्रकाशित मिति : मंसिर २६, २०७७ शुक्रबार

नेपालमा थप १ हजार ४४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ४४ जनामा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार ६९४ पुगेको छ भने हाल संक्रिय संक्रमितको संख्या १२ हजार १४८ रहेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार २७१ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ३२ हजार ८७२ स‌ंक्रमणमुक्त भएका छन् ।

यस्तै कोरोनाबाट थप ११ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६६४ पुगेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com