कोरोना महामारीमा २२ पटक रक्तदान


प्रकाशित मिति : मंसिर २५, २०७७ बिहीबार

– अर्जुन मैनाली

कोरोना संक्रमण महामारी को रुपमा विश्वब्यापी रुपमा फैलिदा करोडौ मानिसहरु बिरामी भए। लाखौंले जीवन गुमाए ।

यस्तो अवस्थामा मानिसहरु डराएर घरभित्रै बस्न थाले । पूर्व निर्धारित रक्तदान कार्यक्रमहरु रद्द भए । रगतको आपूर्ति घट्यो । अस्पातालमा बिरामीहरुले रगत पाउन सकेनन् ।

यस्तैबीचमा न्यूयोर्क ब्लड सेन्टरले बिरामीहरुको लागि रगत र रक्त तत्व एकदमै कम भएको भन्दै मलाई ईमेल पठाइरहे । उनीहरुले सामाजिक दुरी राख्दै मास्क लगाएर सुरक्षित तरिकाले रक्तदान गर्न सकिन्छ भन्न थाले । अमेरिकन रेडक्रस रक्त सेवाले पनि त्यस्तै भने ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मलाई पनि यस्तै महामारीको बेलामा झन बढी रक्तदान गर्नु पर्छ भन्ने लाग्यो । त्यसैले अप्रिल २४ मा अमेरिकन रेडक्रस,फार्मिङ्गटन,कनेक्टिकटमा रक्तदान गरेँ । घर फर्केपछी आज मैले रक्तदान गरेँ नि भनेर श्रीमतीलाई भनेँ । समुदायका मानिसहरुलाई पनि रक्तदान गर्न हौसला होस भनेर सामाजिक सन्जालमा रक्तदान गर्दै गर्दाको फोटो राखेँ । रक्तदान कार्यक्रम आयोजना गर्न सक्ने सम्भावित संघ संस्थालाई यस्तो महामारीकाबीच मैले रक्तदान गरेको ईमेल लेखेँ ।

श्रीमती केही डराइन् । तर मैले सम्झाउदै रक्तदान गर्दैमा कोरोना सर्दैन भनेर बुझाउन प्रयास गरेँ । त्यसपछी हरेक दुई तीन हप्तामा न्यूयोर्क ब्लड सेन्टरमा गएर प्लेटलेटस दान गर्न थालेँ ।

जुन २६ मा प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष टेक गुरुङले फोन गर्दै रक्तदान कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिनुभयो । उहाँहरु र ब्लड बैङ्कलाई समन्वय गराएँ । रक्तदान कार्यक्रममा आवश्यक खर्चको लागि २ सय डलर सहयोग गरेँ । त्यसपछिका ५ महिनाको अबधिमा बिभिन्न ८ वटा नेपाली संघसंस्थाले न्यू योर्कमा रक्तदान कार्यक्रम राखे । यी सबै रक्तदान कार्यक्रममा सहभागी भएँ ।

करिब ६ सय जना नेपालीहरुले रक्तदान गरे । रक्तदान गर्ने धेरैजसोले रक्तदान गरेका फोटोहरु सामाजिक सन्जालमा राखे ।

न्यूयोर्कमा यि कामहरु हुँदै गर्दा नेपालमा पनि रगत संकलन एकदमै कम भई रहेको थियो । कोरोना नफैलियोस भनेर नेपाल सरकारले बिभिन्न कार्यालयहरु बन्द गर्दै जनताहरुलाई घर भित्रै बस्न भनेको थियो ।

अस्पतालका बिरामीहरुलाई रगत उपलब्ध गराइ राख्न ब्लड डोनर्स एसोसिएसन नेपालले हरेक दिन रक्तदान कार्यक्रम राखेको थियो । मैले पनि रक्तदान कार्यक्रममा आबश्यक खर्चको लागि ५० हजार रुपैया सहयोग पठाएँ । तीन महिनाको अबधिमा १ सय वटा रक्तदान कार्यक्रम गर्दा ६ हजार २ सय ७२ युनिट रगत संकलन भएछ । यसै गरी रक्तदान कार्यक्रम गरी रहनु भनेर फेरी २५ हजार थप सहयोग पठाएँ ।

कोरोना महामारीका बेला काठमाण्डौमा लक डाउन हुँदा बेरोजगार मजदुरलाई सामुहिक खाना खुवाउने कार्यक्रममा काठमाण्डौ महानगरपालिका २९ नम्बरका वडा सदस्य अर्जुन बहादुर श्रेष्ठमार्फत दशहजार रुपैया सहयोग पठाएँ । त्यसैताका बाजुरामा र हुम्लाका गरिव ब्यक्तिहरुलाई खाध्यान्न बितरण गर्ने कार्यक्रममा बाजुराका प्रकाश सिंह मार्फत दश दशहजार रुपैया सहयोग पठाएँ ।

काठमाण्डौको हाम्रो लाइफ बैङ्कलाई १५ हजार रुपैया सहयोग गरेँ । बाजुरामा रक्तदाता संस्था गठन गर्न लक्ष्मीराज पाण्डेमार्फत दशहजार रुपैया सहयोग पठाएँ । त्यसै गरी बैतडीमा पनि रक्तदाता संस्था गठन गर्न र जिल्ला अस्पातलसँग मिलेर सम्भाबित युवाहरुको रक्तसमुह परिक्षण गर्न तृप्ति शाहीमार्फत बिसहजार रुपैया सहयोग पठाएँ ।

रक्तदान सम्बन्धी मेरा हरेक गतिबिधि जाजरकोटका जनक केसीलाई थाहा रहेछ । उनले पनि आफ्नो जिल्लामा रक्तदान उत्प्रेरणा कार्यक्रम गर्न इच्छा राखे । बिगतमा जाजरकोटमा रगत अभावमा सुत्केरी तथा बिपन्न समुदायका नागरिकहरुले जीवन गुमाउनु परेको समाचार आएका थिए । त्यस क्षेत्रका युवाहरुमा रक्तदान गराउन उत्प्रेरणा कार्यक्रम गर्नैपर्ने थियो । जनक केसीसँग मिलेर म रक्तदान गर्नेछु बिषयमा जाजरकोटका माध्यामिक बिद्यालयहरुमा निबन्ध प्रतियोगिता गराउन ६० हजार रुपैया सहयोग पठाएँ । डिसेम्बर ७ मा सयौँ विद्यार्थीको उपस्थितिमा १६ जना विद्यार्थीहरुले निबन्ध प्रतियोगितामा भाग लिएछन्। भविष्यमा रक्तदाताहरुको संख्यामा उल्लेख्य बृद्धि गर्न र रक्तदान जस्तो पवित्र काममा युवा पुस्तालाई यो प्रतियोगिताले प्रेरित गर्छ जस्तो लाग्यो ।

रक्तदान गरेर अरुको जीवन बचाउने संसारकै पवित्र काम हो भन्ने सन्देश दिन सकेँ। नेपाल रेडक्रस सोसाइटी जाजरकोट शाखाका सभापति हरिबहादुर बस्नेतले रक्तदान बढाउनका लागि महत्वपूर्ण सहयोग र चासो राखेको भन्दै मलाई धन्यवाद दिए ।

यता न्यू योर्कमा कोरोना महामारीका बेलामा रक्तदान कार्यक्रम आयोजना गर्ने संस्थाका अध्यक्षहरुलाई वर्ल्ड ब्लड डोनर अवार्डबाट सम्मान गरेँ । वर्ल्ड ब्लड डोनर अर्जुन मैनाली संस्थाको अध्यक्षका हैसियतले समाजमा राम्रा काम गर्नेलाई सहयोग र सम्मान गर्न पाउनु पनि मेरो लागि ठूलै अवशर थियो ।

यसरी महामारीको यो ९ महिनाको अबधिमा २१ पटक रक्तदान गरें । जसमा तीनपटक होल ब्लड र अठारपटक प्लेट्लेट्स दान गरेको थिएँ । रक्तदान कार्यक्रम गर्न सहयोग गरेँ । रक्तदान उत्प्रेरणाको लागि सहयोग गरेँ ।

१ पटक रक्तदान गर्न जाँदा झण्डै ४ घण्टा समय लाग्दो रहेछ । त्यस हिसाबले २१ पटक दान गर्दा ८४ घण्टा र ८ वटा रक्तदान कार्यक्रममा ५ घण्टाका दरले ४० घण्टा सहित कोरोना महामारीबीच १२४ घण्टा बिताएको छु । यो समय, साधन श्रोत र रक्तदानबाट समुदायका धेरै बिरामीहरुलाई बचाउन सकिएको छ । धेरै खुशी लागेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com