नेपालमा थपिए १२१७ कोरोना संक्रमित, एकैदिन १२ जनाको मृत्यु
प्रकाशित मिति : मंसिर २५, २०७७ बिहीबार

नेपालमा थप १ हजार २१७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार २१७ जनामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ४५ हजार ६५० पुगेको छ भने हाल संक्रिय संक्रमितको संख्या १२ हजार ३८६ रहेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ३१ हजार ६०१संक्रमणमुक्त भएका छन् ।
यस्तै नेपालमा कोरोनाबाट थप १२ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६६३ पुगेको छ ।