नेपालमा थप १०५६ जनामा कोरोना संक्रमण, १४ को मृत्यु
प्रकाशित मिति : मंसिर २४, २०७७ बुधबार
नेपालमा थप १ हजार ५६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ५६ जनामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ भने नेपालमा हाल संक्रिय संक्रमितको संख्या १२ हजार २४५ रहेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ४८३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ३० हजार ५३७ संक्रमणमुक्त भएका छन् ।
यस्तै कोरोनाबाट थप १४ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६५१ पुगेको छ ।