नेपालमा थप १०१४ जनामा कोरोना संक्रमण, २० को मृत्यु
प्रकाशित मिति : मंसिर २२, २०७७ सोमबार

नेपालमा थप १ हजार १४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार १४ जनामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको छ भने संक्रिय संक्रमितको संख्या १२ हजार ९४८ रहेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ६२८ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख २७ हजार ४३३ संक्रमणमुक्त भएका छन् ।
कोरोनाबाट थप २० जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६१४ पुगेको छ ।