९४ वर्षीया बेलायती महारानी र ९९ वर्षीय प्रिन्स फिलिपको कोरोनाबिरुद्धको भ्याक्सिन लिने तयारी


प्रकाशित मिति : मंसिर २१, २०७७ आईतबार

बेलायतमा मंगलबारदेखि आम रुपमै कोरोनाबिरुद्धको भ्याक्सिन वितरण गर्न लागिएको छ । बेलायती महारानी एलिजावेथ द्वितीयले समेत भ्याक्सिन लिने तयारी गरिरहेको बेलायती संचारमाध्यमहरुले जनाएका छन् ।

९४ वर्षीया महारानी र उनका ९९ वर्षीय पति प्रिन्स फिलिप पहिलो चरणमै भ्याक्सिन लगाउने तयारीमा रहेको जनाइएको छ ।

सरकारले पहिलो चरणमै भ्याक्सिन पाउनेको प्राथमिकतामा राखेको ८० वर्ष माथिको उमेर समूहअन्तर्गत उनीहरुलाई भ्याक्सिन दिइने भएको हो । तर महारानीका लागि कुनै छुट्टै विशेष व्यवस्था नगरिने भएकाले उनले आफ्नो पालो पर्खिएरै भ्याक्सिन लिने बताइएको छ ।

जोखिमयुक्त उमेर समूहमा रहेका कारण अबको केही साताभित्रै महारानीको भ्याक्सिन लिने पालो आउने अपेक्षा छ । उनले भ्याक्सिन लिइसकेपछि त्यो खबर सार्वजनिक गर्ने तयारी छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जसले कोरोनाबिरुद्धको भ्याक्सिनका विषयमा अहिले जनतामा रहेका डर, आशंका कम गर्ने र विश्वास बढाउने आशा गरिएको छ ।

महारानी दम्पति आफ्ना डाक्टरहरुको परामर्शअनुसार भ्याक्सिन लिन तयार भएका हुन् ।

यसअघि गतासाता मात्रै बेलायतले कोरोना बिरुद्धको भ्याक्सिनको आम वितरणका लागि स्वीकृति प्रदान गरेको थियो । अमेरिकन कम्पनी फाइजरले जर्मन कम्पनी बायोनटेकसँग मिलेर निर्माण गरेको यो खोपका लागि स्वीकृति दिने बेलायत नै पहिलो मुलुक हो ।

परीक्षणका क्रममा ९५ प्रतिशतसम्म प्रभावकारी देखिएको यो भ्याक्सिन २ करोड मानिसलाई दिन पुग्ने गरी ४ करोड डोज बेलायतले अर्डर गरिसकेको छ ।

यही मंगलबारदेखि बेलायतभरका ५० बढी अस्पताल तथा भ्याक्सिन केन्द्रबाट भ्याक्सिन वितरण हुँदैछ ।भ्याक्सिन पाउने पहिलो प्राथमिकतामा केयर होम रेसिडेन्टहरु, एनएचएसमा कार्यरत स्वास्थ्यकर्मी एवम् कर्मचारीहरु, अन्य रोगका कारण उच्च जोखिममा रहनेहरु, ज्येष्ठ नागरिकहरु लगायतलाई राखिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com