नेपालमा थप १०९६ जनामा कोरोना संक्रमण, १७ को मृत्यु
प्रकाशित मिति : मंसिर २१, २०७७ आईतबार
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ९६ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ४० हजार ९८१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ७५२ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख २५ हजार ८०५ संक्रमणमुक्त भएका छन् । आज कोरोनाबाट थप १७ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५९४ पुगेको छ ।
नेपालमा हाल संक्रिय संक्रमितको संख्या १३ हजार ५८२ रहेको छ ।