नेपालमा थप १०२४ जनामा कोरोना संक्रमण, १० को मृत्युु
प्रकाशित मिति : मंसिर २०, २०७७ शनिबार
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार २४ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २ हजार २०६ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख २४ हजार ०५३ संक्रमणमुक्त भएका छन् । आज कोरोनाबाट थप १० जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५७७ पुगेको छ ।
नेपालमा हाल संक्रिय संक्रमितको संख्या १४ हजार २५५ रहेको छ ।