नेपालमा थप १ हजार २७२ जनामा कोरोना संक्रमण, १६ को मृत्यु
प्रकाशित मिति : मंसिर १९, २०७७ शुक्रबार
नेपालमा थप १ हजार २ सय ७२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार २७२ जनामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ३८ हजार ८६१ पुगेको छ भने नेसंक्रिय संक्रमितको संख्या १५ हजार ४४७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ५७५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख २१ हजार ८४७ संक्रमणमुक्त भएका छन् ।
आज कोरोनाबाट थप १६ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५६७ पुगेको छ ।