नेपालमा थप १४९० जनामा कोरोना संक्रमण, ९ को मृत्यु
प्रकाशित मिति : मंसिर १७, २०७७ बुधबार
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ४९० जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ३६ हजार २४६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ५६७ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख १८ हजार १६१संक्रमणमुक्त भएका छन् । आज कोरोनाबाट थप ९ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५३८ पुगेको छ ।
नेपालमा हाल संक्रिय संक्रमितको संख्या १६ हजार ५४७ रहेको छ ।