नेपाल प्रहरीका दुई एसपी र एक इन्स्पेक्टर निलम्बित
प्रकाशित मिति : मंसिर १७, २०७७ बुधबार
गृह मन्त्रालयले नेपाल प्रहरीका दुई प्रहरी उपरीक्षक (एसपी) र एक इन्स्पेक्टरलाई निलम्बन गरेको छ । निलम्बित हुनेमा एसपीद्वय विमल बस्नेत र रामेश्वरप्रसाद यादव तथा इन्स्पेक्टर मेघराज चौरसिया छन् ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय कर्णालीमा हुँदा अनियमितता गरेको खुलेपछि गृहले उनीहरुलाई निलम्बन गरेको प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले बताए ।निलम्बन गरेर उनीहरूमाथि विभागीय कारबाही गर्न लागिएको बताइएकाे छ ।
कर्णालीमा रहँदा मातहतका ट्राफिक प्रहरी कार्यालयहरूबाट मासिक रूपमा पैसा उठाएको पाइएपछि प्रहरी प्रधान कार्यालयले उनीहरुमाथि कारबाही प्रक्रिया अघि बढाएको थियो । एसपीद्वयमाथि छानविनका लागि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उमेश रञ्जितकारको नेतृत्वमा छानविन समिति बनेको छ ।